skip this
  • पत्रपत्रिका

    रहिनन् अभिनेत्री महिमा सिलवाल, स्कुटी दुर्घटनामा बहिनीसँगै गुमाइन् ज्यान

  • बुधबार स्कुटर दुर्घटनामा परि नेपाली सिने अभिनेत्री महिमा सिलवालको निधन भएको छ।

    काठमाडौंबाट चितवन जानेक्रममा महिमाले चलाएको बा ९८ प ७०५८ नम्बरको स्कुटर भैरहवाबाट काठमाडौं आइरहेको लु २ ख १३५ नम्बरको बससँग ठक्कर खाँदा उनको निधन भएको हो।

    घटनामा सो स्कुटरमा सवार उनकी बहिनी शर्मिला सिलवालको पनि निधन भएको प्रहरी निरिक्षक भोजराज पाण्डेले सेतोपाटीलाई बताए।

    घटना बुधबार साँझ ५ बजेर ४५ मिनेटमा गजुरी गाउँपालिका, वडा नम्बर २ चाम्बासमा घटेको हो।

    महिमाको उपचारका क्रममा गजुरी स्वास्थ्य केन्द्रमा निधन भएको हो भने शर्मिलाको उपचारका क्रममा ट्रमा सेन्टर काठमाडौंमा निधन भएको हो।

    प्रहरी निरिक्षक पाण्डेका अनुसार घुम्ती क्रस गर्ने क्रममा स्कुटी र बस एकआपसमा ठोक्किएका हुन्।

    उनले बसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ।

    ‘कारवाही’ सिनेमाबाट नेपाली रजतपटमा डेब्यू गरेकी अभिनेत्री महिमाले ‘अप्रिल फुल’, ‘चियर्स’, ‘दानव’, ‘जिग्लो’ आदि सिनेमामा अभिनय गरेकी छिन्।

    सिनेमाका अलावा म्यूजिक भिडियो अभिनयमा पनि उनको सक्रियता थियो।

    महिमा भरतपुर महानगरपालिका–१२ शिवनगरकी स्थायी बासिन्दा हुन्।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु