Keep the love flowing. Keep the positivity multiplying. Keep yourself Happy…always. Everything is as beautiful as you want to see it. Love you all…
बक्स अफिसमा सुपरफ्लप भएको शाहरुखको जिरो फिल्म किन अचानक टप ट्रेन्डमा ?
बलिउडका किंग खानका नामबाट चर्चित शाहरुख खानको गत वर्ष रिलिज भएको जिरोको ट्रेलर आज बारम्बार हेरिँदैछ । बक्स अफिसमा सुपरफ्लप भएको यो फिल्मकोे आज भारतीय सोसल मिडियामा अत्यधिक चर्चा भइरहेको छ । तर यो ट्रेन्डमा आउनुको कारण निकै रोचक छ ।
जिरोको ट्रेलर शाहरुख खानको एउटा ट्वीटपछि ट्रेन्डमा आएको हो । यो ट्वीटमा शाहरुख खानले आफ्नो ३९ मिलियन फलोअर्स भएको अवसरमा प्रशंसकलाई धन्यवाद दिएका छन् । हेर्नुहोस्, यो ट्वीटः
स्मरण रहोस्, शाहरुख खानको ३९ मिलियन फलोअर्स भएपछि उनले फलोअर्सको मामलामा अमिताभ बच्चनलाई पनि पछि पारेका छन् । शाहरुखका प्रशंसकले उनलाई यो उपलब्धिका लागि बधाई पनि दिइरहेका छन् ।
स्मरण रहोस्, जिरो फिल्म त फ्लप भयो तर फिल्मको ट्रेलर युट्युबमा सुपरहिट छ । यो ट्रेलरलाई अहिलेसम्म १२ करोड ५१ लाख बढी पटक हेरिएको छ ।